जेठ ०७, २०८१, सोमबार
               

क्वारेन्टाइन चुहिँदा पानी फालेरै बित्यो रात, ६९ लाख खर्च भएको क्वारेन्टाइनमा बस्नलाई समेत छैन बेन्च

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

भारत तथा जिल्लाबाहिरबाट आएकालाई राख्न स्थानीयतहले सरकारी विद्यालयमा क्वारेन्टाइन बनाएका छन् । मापदण्ड अनुसार यहाँका कुनै पनि स्थानीय तहले क्वारेन्टाइन व्यवस्थापन गर्न सकेका छैनन् । क्वारेन्टाइन अव्यवस्थित भन्द्रगोल छ। त्यसमाथि वर्षा भएपछि क्वारेन्टाइनमा बस्नेलाई थप समस्या हुने गरेको छ । 

सरकारी विद्यालयमा बनाइएका अधिकांश क्वारेन्टाइन लगातारको वर्षाले चुहिन थालेका छन् । साँफेबगर नगरपालिका ९ बुढाकोटको बाल बिकास केन्द्र दुन्नाउलामा बनाइएको क्वारेन्टाइन चुहिन थालेपछि रातभरि जागाराम बस्नु परेको निरन्जन कुँवरले बताए ।

‘पानी पर्नासाथ चुहिहाल्छ । रातभर उठेरै बस्नुपर्छ, झ्याल ढोका केहि छैन, राती सुत्न पनी डर लाग्छ। चर्पी छैन बाहिर दिशा पिसाब गर्दा गाउँलेले गाली गर्छन्', उनले भने, 'खानेपानीसमेत छैन । हेर्न पनि कोही आउँदैनन् । गाईगोरुको अवस्था जस्तै भएको छ ।’ 

अहिले उक्त क्वारेन्टाइनमा ६ जना बसिरहेका छन् । पानी परेपछि भलसमेत भित्रै पस्ने गरेको पार्वतीदेवी परियारले बताइन् । उनी १४ दिन पहिले भारतको महाराष्ट्रबाट श्रीमानसँगै गाउँ फर्केकी हुन् । उनले भनिन्, ‘उज्यालोको व्यवस्था छैन। राती सुत्ने अवस्था नै छैन। बाहिर निस्कन पाइँदैन, पानीसमेत दिने कोही छैनन् ।’ पुरुषहरु त जता गएर पनि दिशापिशाब गर्ने तर महिलालाई समस्या भएको उनले बताइन् । 

‘क्वारेन्टाइन हो कि यातनाखाना ?', स्थानीय उमेश कुँवरले भने, 'क्वारेन्टाइनमा बस्ने मानौं ठूलै अपराध गरेर आएका हुन् जस्तो लाग्छ । क्वारेन्टाइनमा बसेकालाई तत्काल मनोपरामर्शको आवश्यकता छ तर कसले सुनिदिने यस्ता कुरा? क्वारेन्टाइनमा बसेकाको अवस्था कस्तो छ भनेर हेर्नसमेत कोही जाँदैनन् ।’ 

नगरपालिका प्रमुख भन्छन्– ‘६९ लाख खर्च भयो’

क्वारेन्टाइन व्यवस्थापन,राहत वितरण,स्वास्थ सामाग्री खरिद तथा आइसोलेन निमार्णमा करिब ६९ लाख खर्च भएको साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवरले बताए । 

भारतबाट आउनेको संख्या बढ्न थालेपछि बनाइएका क्वारेन्टाइन अपुग हुन थालेका छन् । जिल्लामा हालसम्म ६ हजारभन्दा बढी क्वारेन्टाइनमा रहेका छन् । जिल्लामा १३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।  


कस्तो लाग्यो ?

यो पनि