असोज ०६, २०८१, आइतबार
               

जागिरबाट निकालेको भन्दै अस्पतालका कर्मचारी आफैँलाई आगो लगाए

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

अछाममा बयलपाटा अस्पतालमा कार्यरत एक व्यक्तिले जागिरबाट निकालेको भन्दै पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका छन् । उनलाई हेलिकोप्टरबाट उद्धार गरी कोहलपुर अस्पताल लगिएको छ ।

न्याय हेल्थ नेपालद्वारा संचालित बयलपाटा अस्पतालमा कार्यरत साफे नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सिद्धार्थ आहुजीले सोमवार विहान अस्पताल परिसरमा पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका हुन्। आगोबाट शरीरको तल्लो भाग केही जलेको छ।

तत्कालै आगो निभाई उनलाई घाइते अवस्थामा हेलिकोप्टरबाट कोहलपुर मेडिकल कलेज पठाइएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीले जानकारी दिए। उनका अनुसार घाइतेको अवस्था गम्भीर छ। थप उपचार कोहलपुरमा भइरहेको छ।

बयलपाटा अस्पतालले उनीसहित ३३ जना कर्मचारीलाई जागिरबाट निकालेको हो । ‘जागिरबाट निकालेको कारण आत्महत्याको प्रयास गरेको रहेछ,’ सुवेदीले भने, ‘उनीहरु अस्थायी करारवालामा थिए । अस्पतालले करार थपेन।’

अस्पतालले आर्थिक संकट परेको भन्दै उनीलगायत ३३ जना कर्मचारीलाई हटाएको थियो । अस्पतालले हटाएपछि उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको बुझिएको छ ।

 

यो पनि