असोज ०६, २०८१, आइतबार
               

सोलुखुम्बुमा धुमधामको बालविवाह रोकियो

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । सोलुखुम्बुमा धुमधामको बालविवाह रोकिएको छ ।  आइतबार थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविबाह रोकिएको हो ।

तामझामका साथ बेहुली लिन जन्ती घरमा जन्ती आएको सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह रोकेको वडाध्यक्ष भुपालसिंह राईले जानकारी दिए ।

 उनका अनुसार लोखिमका एक १९ वर्षीय किशोर र १६ वर्षीया किशोरीबीच मञ्जुरीमा नै विवाह भएको थियो । प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाइ बुझाइ उक्त विवाह रोकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि