असोज ०५, २०८१, शनिबार
               

सरकारलाई स्वेच्छाचारी रुपले पक्राउ नगर्न र थुनामा नराख्न निर्देशन

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय मानवअधिकारले सरकारलाई स्वेच्छाचारी रुपले पक्राउ नगर्न र थुनामा नराख्न निर्देशन दिएको छ । 

आइतबार आयोगका प्रवक्ता वेद भट्टराईले एक विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो निर्देशन दिएको हो । 

आयोगले खोटाङका चक्रबहादुर खत्रीलाई लकडाउनको समयमा पनि प्रहरीले वैशाख २ देखि हालसम्म ६ पटक स्वेच्छाचारी रुपमा पक्राउ गरी खोटाङ, उदयपुर, पुनः खोटाङ र सोलुखुम्बु हुँदै सिराहा पुर्‍याएको घटनालाई लक्षित गर्दै गैरकानुनी थुनामा राखेको भन्दै सरकारलाई त्यसो नगर्न निर्देशन दिएको हो । 

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निज खत्रीलगायत अन्य कुनै पनि व्यक्तिलाई स्वेच्छाचारी रुपमा पक्राउ नगर्न तथा गैह्रकानुनी थुनामा राख्ने कार्य बन्द गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।’ 

खत्रीलाई परिवारका सदस्यलाई जानकारी नदिई अज्ञात पारिएको, अपमानजनक व्यवहार गरिएको र सर्वोच्च अदालतबाट पटकपटक जारी भएका आदेशहरुको बेवास्ता गरिनुको कारणबारे आयोगले गृह मन्त्रालयसँग चौबीस घन्टाभित्र जवाफ माग गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि