असोज ०६, २०८१, आइतबार
               

सामूहिक ढिकीजाँतो घर तयार

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

म्याग्दीको तातोपानीमा ढिकीजाँतो घर तयार भएको छ । कुटानी पिसानी कार्यमा प्रयोग हुने परम्परागत साधनको संरक्षणका साथै स्थानीयवासीको सुविधाका लागि ढिकीजाँतो घर बनाइएको हो । 

  बेनी नगरपालिकाको र चार लाख रुपैयाँ अनुदान र स्थानीयवासीको साठी हजारबराबरको श्रमदानमा घर निर्माण भएको हो । कृषि उपज सङ्कलन केन्द्रको भवन परिसरमा दुईवटा कोठासमेत बनाइएको छ । 

घरमा दुईवटा ढिकी र एकवटा जाँतो राखिएको छ । परम्परागत र धार्मिक तथा सांस्कृतिक कार्यमा ढिकीजाँतोमा पिसेको र कुटेका वस्तु आवश्यक पर्छ । स्वास्थ्यका हिसाबले ढिकीजाँतोमा कुटानी पिसानी गरेको वस्तु उपयुक्त मानिन्छ । 

यसबाट तल्लो तातोपानी बजार र राक्सेका १०० घरधुरी लाभान्वित भएका छन् । ढिकीमा धान, पिठो, फापर कुट्ने गरिन्छ । जाँतोमा मकै, गहुँ, कोदो र दाललगायत गेडागुडी पिस्ने गरिन्छ । 

पछिल्लो समय मिललगायतका उपकरणको विकास भएसँगै यी सामग्री हराउँदै गएका थिए । नयाँ पुस्ताका लागि ढिकीजाँतो अनौठो वस्तु बनेको छ । 


कस्तो लाग्यो ?

यो पनि