असोज ०६, २०८१, आइतबार
               

सञ्चारकर्मीलाई जागिरबाट नहटाउन प्रेस युनियनको आग्रह

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रेस युनियनले कोरोनाको संकटको समयमा श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका लागि विशेष राहत प्याकेज अविलम्ब घोषणा गर्न सरकारसँग माग गरेको छ ।

स्थापित तथा ठूला कहलिएका सञ्चार प्रतिष्ठानले विभिन्न कारण देखाउँदै पत्रकार तथा कर्मचारीलाई जागिरबाटै हटाउने गरेको अवस्थाप्रति युनियनले दुःख समेत व्यक्त गरेको छ ।

युनियनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'स्थापित तथा ठूला कहलिएका सञ्चार प्रतिष्ठानले समेत आर्थिक अभाव देखाउँदै सञ्चारकर्मी, कर्मचारी कामदारलाई समयमा न्यूनतम पारिश्रमिक नदिने, बेतलबी बिदा बस्न दबाब दिने, जागिरबाटै हटाउने गरेको अवस्थाप्रति नेपाल प्रेस युनियन  सम्बद्ध पक्षको गम्भीर रुपले ध्यानाकर्षण गराउँछ ।'

विज्ञप्तिमा भनिएको छ, 'कोरोनाको यस संकटमा आफ्नो र परिवारको जीवन नै जोखिममा राखेर अग्रभागमा कार्यरत श्रमजीवी पत्रकारहरु यति ठूलो समस्यमा पर्दा समेत राज्य पक्ष संवेदनशील नदेखिएकोमा हामी दुःख व्यक्त गर्दछौं ।'


कस्तो लाग्यो ?

यो पनि