असोज ०६, २०८१, आइतबार
               

१७ गतेदेखि आन्तरिक उडान सुरु गर्ने तयारी

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । देशमा लकडाउन जारी भएसँगै आन्तरिक तथा बाह्य हवाइ सेवा बन्द छ । असार १६ गतेसम्म हवाइ सेवा बन्द गर्ने सरकारले घोषणा गरिसकेको छ ।

यसैबीच, सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ । लामो समयदेखिको लकडाउनका कारण जनजीवन प्रभावित बन्दै गएपछि लकडाउनको मोडालिटी परिवर्तन गर्न लागिएको हो ।

सरकारले असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र दैनिक कामलाई सहज बनाउनको लागि लकडाउनलाई केही खुकुलो बनाउने तयारी गरेको छ ।

यसैबीच, असार १७ गतेदेखि आन्तरिक उडान खुला हुने सम्भावना बढेको छ । 

आन्तरिक उडान खुला गर्ने विषयमा नागरिक उड्डयन प्राधिकरणमा आइतबार बसेको बैठकमा १७ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने सहमति भएको हो । 

बैठकमा प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र यति एयरलायन्सका सीइओ उमेश राईको सहभागिता थियो ।

बैठकको विषय उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिमा लगिने छ । त्यसपछि मन्त्रिपरिषदबाट यसबारे औपचारिक निर्णय हुनेछ ।

बैठकमा भएको सहमति

पहिलो चरणः असार १७ गतेदेखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने । 

दोस्रो चरणः साउन १ गतेदेखि देशभरका सबै स्थानको उडान खुल्ला गर्ने ।

तेस्रो चरणः साउनकै अन्त्यतिरबाट (समग्र अवस्था हेरेर) अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने । सुरुमा केही सीमित देशमा मात्र उडान सुचारु गर्ने ।


कस्तो लाग्यो ?

यो पनि