जेठ ०५, २०८१, शनिबार
               

वडाध्यक्षले टोली ल्याएर स्थानीयमाथि आक्रमण गरे

नेपाल फ्ल्यास
जेठ २४, २०७७

ADVERTISEMENT

भारतबाट फर्किएका नागरिकलाई क्वारेन्टाइनमा राख्न आग्रह गर्दा स्थानीयमाथि आक्रमण भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ३ का अध्यक्ष नरबहादुर शाहको नेतृत्वमा आएको टोलीले स्थानीयमाथि आक्रमण गरेका हुन् ।

मुम्बईबाट फर्किएका १० जनालाई क्वारेन्टाइनमा राख्न आग्रह गर्दा वडा कार्यालयले उनीहरुको व्यवस्थापन गर्न नमानेपछि विवाद भएको स्थानीयले बताएका छन् ।

विवाद बढ्दै जाँदा शनिबार बिहान वडाअध्यक्षसहितको समूह आएर चारजना स्थानीयमाथि हातपात गरेको आरोप लागेको छ । वडाअध्यक्षका छोराले समेत हातपात गरेको स्थानीयले बताएका छन् ।

वडाअध्यक्ष शाहले भने हातपात भएको विषयमा आफूलाई जानकारी नभएको बताए । ‘वडा कार्यालय अगाडि फोहोर गरेको गुनासो आएपछि मैले सम्झाएको थिएँ,’ वडा अध्यक्ष शाहले भने, ‘आक्रमण कस्ले र किन गर्‍यो भन्ने विषयमा मलाई जानकारी छैन ।’

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले स्थानीयमाथि आक्रमण भएको गुनासोपछि वडा अध्यक्षका छोरा सुजन शाहलाई पक्राउ गरिएको जानकारी दिए।


कस्तो लाग्यो ?

यो पनि