जेठ १९, २०८१, शनिबार
               

भीमसेन मन्दिर र त्रिशक्ति क्लब भवन शिलान्यास

नेपाल फ्ल्यास
जेठ २३, २०७७

ADVERTISEMENT

काठमाडौंको हाडीगाउँमा ऐतिहासिक भीमसेन मन्दिर र त्रिशक्ति क्लब भवनको शिलान्यास भएको छ । शुक्रबार नेकपा केन्द्रीय सदस्य एव‌ं बाग्मती प्रदेश सांसद नारायण सिलवालले शिलान्यास गरेका हुन् । काठमाडौं ५ हाँडी गाउँमा रहेको भीमसेन मन्दिर पौराणिक र ऐतिहासिक सांस्कृतिक सम्पदाको रूपमा चिनिँदै आए पनि पछिल्लो समय जीर्ण बनेको थियो ।

संरक्षणको पर्खाइमा रहेको सो मन्दिरको पुनर्निर्माण गर्न जनस्तरबाट माग भएबमोजिम सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद सिलवालकै पहलमा निर्माण हुन लागेको हो ।

परापूर्वकालदेखिको कलात्मक शैलीमा रहेका मठ, मन्दिर, देवल जस्ता सांस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्र हाँडी गाउँमा भूकम्पपछि क्षति भएका र वर्षौं पुराना जीर्णोद्धार संरचनाहरूको पुनःनिमार्णको कार्य अगाडि बढिरहेको बेला यस मन्दिरको पनि शिलान्यास भएको हो । 
यस्तै, त्रिशक्ति क्लब काठमाडौ‌ं ५ मा सक्रिय क्लबको रूपमा परिचित छ ।

शिलान्यास कार्यक्रममा काठमाडौं ५ का अध्यक्ष रमेश डङ्गोल, नेकपा स्थानीय नेता गणेश श्रेष्ठ, वीरेन्द्र प्रजापतिलगायत स्थानीयहरूको सहभागिता थियो ।


कस्तो लाग्यो ?

यो पनि