बैशाख २३, २०८१, आइतबार
               

रुकुम–जाजरकोट घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न आदेश

नेपाल फ्ल्यास
जेठ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । 

चौरजहारी नगरपालिका–८, सोतीमा यही जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत रुकुम (पश्चिम)ले बिहीबार म्याद थप गर्दै यस्तो आदेश दिएको हो । 

जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जिल्ला प्रहरी कार्यालयले ११ दिनको म्याद माग गरे पनि अदालतले अभियुक्तलाई १० दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अनुमति दिएको बताए । 

अदालतले मृतकका परिवारले घटनामा संलग्न रहेको भन्दै २० जनाका नाममा किटानी जाहेरी दिएपछि प्रहरीले चौरजहारी–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित दुई पटक गरी १८ जनालाई पक्राउ गरेको छ । घटनामा ६ जनाको निधन भएको थियो ।

 पहिलोपटक थप गरिएको १० दिनको म्याद सकिएपछि घटनाको थप अनुसन्धान आवश्यक रहेकाले दोस्रो पटक म्यादका लागि अदालतसमक्ष माग गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । 

यो पनि