बैशाख २२, २०८१, शनिबार
               

उपत्यकाका प्रशासन कार्यालयहरुको आकस्मिक बैठक

नेपाल फ्ल्यास
जेठ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक अहिले बसिरहेको छ । 

उद्योगी तथा व्यवसायीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि जिल्ला समन्वय समिति काठमाडौंमा आकस्मिक बैठक बसिरहेको हो । 

बैठकमा काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओसहित सुरक्षा निकाय र स्थानीय तहका पदाधिकारीहरुको समेत सहभागिता छ । 

लकडाउनलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा तीनवटै जिल्ला प्रशासन तथा सुरक्षा निकायको संयुक्त आकस्मिक बैठक बसिरहेको हो । 

लकडाउनले जनजीवन प्रभावित भएको बेला उद्योगी  व्यवसायीहरुले उपत्यकामा बिहीबारदेखि पसलहरु खोलेका छन् ।

यो पनि