जेठ ०५, २०८१, शनिबार
               

धरानमा आगलागी: छोरी बचाउन खोज्दा आमा-छोरीकै मृत्यु

नेपाल फ्ल्यास
जेठ २२, २०७७

ADVERTISEMENT

धरान । सुनसरीको धरान उपमहानगरपालिका– १७ स्थित स्विमिङ पुल नजिक एक घरमा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ। 

स्थानीय नरबहादुर श्रेष्ठको घरमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । बिहीबार बिहान विद्युत सट भएर घरमा आगो लागेको हो।

आगो लागेपछि खाना पकाउने ग्यास पड्किएर नरबहादरकी श्रीमती धनमाया श्रेष्ठ र अशक्त छोरी सीताको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

नरबहादुरको दुई तले काठको घरमा आगो लागेपछि धनमाया अशक्त छोरीलाई बचाउनका लागि घर भित्र पसेकी थिइन्।

धनमाया भित्र पस्नासाथ ग्यास पड्किएर विष्फोट भएको स्थानीयले बताए। 

धरान उपमहानगरपालिकाको दमकल र स्थानीयले आगो नियन्त्रणमा लिएका छन्। आगलागीबाट गरगहना, लत्ताकपडा, खाद्यान्न, भाडा वर्तन जलेर नष्ट भएका छन्।


कस्तो लाग्यो ?

यो पनि