जेठ ०४, २०८१, शुक्रबार
               

प्रहरीले शव बरामद गरेसँगै परिवारका सदस्य फरार

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । जलाउन लगेको शवलाई प्रहरीले बरामद गरेको छ । 

शंकास्पद अवस्थामा लास जलाउन लागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जलाउनै लागेको शव बरामद गरेको हो । 

चन्द्रपुर नगरपालिका १० बालचनपुर स्थित घाघी खोलामा जलाउन लागेको अवस्थामा २६ वर्षकी सुस्मा कुमारीको शव बरामद गरिएको डीएसपी हेमबहादुर शाहीले बताए । 

शव बरामद गरेसँगै प्रहरीले मृतकका श्रीमानलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

महिलाको मृत्युपछि घरका अन्य सदस्यहरु फरार रहेको बताइएको छ । 

मृतकका आफन्तले शंकास्पद मृत्यु भएको सूचना प्रहरीलाई दिएपछि प्रहरीले जलाउन लागेको शव ल्याएर चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालको शवगृहमा राखेको जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि