जेठ ०४, २०८१, शुक्रबार
               

सीमामा ५ सय भारतीय मजदुर अलपत्र

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

नेपाल भारतको दशगजा क्षेत्रमा ५०० भारतीय नागरिक अलपत्र परेका छन् । भारतको पश्चिम बङ्गाल सरकारले आफ्ना नागरिकलाई प्रवेश नदिँदा ती नागरिक अलपत्र परेका हुन्

कोरोना सङ्क्रमण नियन्त्रणका लागि नेपाल सरकारले मुलुकभर लागू गरेको  लकडाउनका कारण नेपालका विभिन्न जिल्लाको इँटा भट्टाका सञ्चालकले मजदुरलाई घर फर्कन भनेपछि घरतर्फ फर्कने क्रममा उनीहरू सीमामै रोकिएका छन् । भारत सरकारले नेपालको सीमा क्षेत्रमा रोकिएका आफ्ना नागरिकलाई सीमा प्रवेशमा अझैसम्म अनुमति दिएको छैन । 

स्वदेश फर्किन पाउने आसमा सीमा क्षेत्रमा रहेका भारतीय नागरिक अहिले उद्धारको पर्खाइमा छन् । 

केही दिनदेखि काँकडभिट्टा बसपार्क क्षेत्रमा अलपत्र परेका उनीहरुलाई प्रहरीको सहयोगमा मेची नगरपालिकाले दशगजामा लगेर छाडेको थियो । अलपत्र परेका भारतीय नागरिकलाई लैजानका लागि भारतीय सुरक्षाकर्मीमार्फत अनुरोध गरिरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

उनका अनुसार यसरी दशगजा क्षेत्रमा अलपत्र पर्ने काठमाडौँ, लहान, विराटनगर, धरान र झापाकै विभिन्न उद्योगमा काम गर्ने मजदुर रहेका छन् ।

अलपत्र भारतीय नागरिकलाई काँकडभिट्टा सोसाइटीले खाना खुवाइरहेको बताउँदै उनले भने, “दशगजामा नेपालबाट फर्कने भारतीय नागरिकलाई भारत सरकारले अनुमति नदिँदा भीडभाड बढेको छ । खुट्टा टेक्ने ठाउँ छैन, काँकडभिट्टा बसपार्कमा उस्तै छ  । यहाँ कोरोना सङ्क्रमणको जोखिमका साथै मानवीय सङ्कट आउने सम्भावना देखिएको ।”
 
 


कस्तो लाग्यो ?

यो पनि