जेठ ०४, २०८१, शुक्रबार
               

महिलाको शव घाटबाटै प्रहरीद्धारा नियन्त्रण

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

रौतहट । रौतहटको चन्द्रपुरस्थित घाघी खाेलामा जलाउन ठिक्क पारेको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । नगरपालिकाकाे बालचनपुरस्थित घाघी खोलाकाे घाटबाट बुधबार प्रहरीले २६ वर्षीया सीमाकुमारीको शव नियन्त्रणमा लिएको हो । 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीका अनुसार महिलाको मृत्यु शंकास्पद देखिएको भन्ने सूचनाको आधारमा घाटबाटै शव नियन्त्रणमा लिइएकाे हाे । मृतक महिलाका श्रीमान मुकेश पण्डितलाई पनि प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि