जेठ ०४, २०८१, शुक्रबार
               

वडाध्यक्षकै नेतृत्वमा प्रहरी चौकीमा आक्रमण, वडाध्यक्ष फरार

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१३ का वडाध्यक्षकै नेतृत्वमा स्थानीय युवहरुले प्रहरी चौकी आक्रमण गरेका छन् ।

रक्सीले मातेर आएका वडाध्यक्ष दीपक केसीले जाँचका लागि राखिएको ढाट हटाउन प्रहरीले ढिलाइ गरेको भन्दै झगडा गरेका थिए । त्यस क्रममा २५ भन्दा बढी युवाहरुले प्रहरी चौकी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

स्थानीयले घरबाट बाँसका भाटा तथा अन्य सामग्री निकालेर चेकपोस्ट तथा चौकीमा आक्रमण गरेको चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले जानकारी दिए ।

उनका अनुसार वडाध्यक्षलगायत स्थानीय युवाले चौकीमा रहेका कुर्सी, गाडी रोक्न बनाइएका सामान ताडफोड गरिनुका साथै चौकीमा ढुंगामुढा समेत गरेका थिए। घटनालगत्तै वडाध्यक्ष केसीलगायत युवाहरु फरार छन् ।

जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्लीको संयुक्त टोली छिवाङ पुगेको थियो । प्रहरीले रातभर खोज्दा पनि वडाध्यक्षसहित आक्रमणमा संलग्नलाई भेटाउन सकेको छैन । वडाध्यक्ष केसीको मोबाइल स्बीच अफ रहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिबहादुर ओलीको नेतृत्वमा प्रहरी चौकी घटनास्थल पुगेको थियो । चौकीका अधिकांश सामग्रीमा क्षति पुगेको उनले बताए । 

जिल्ला प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले चौकी तोडफोडमा संलग्न केसीसहित सबैको खोजी भइरहेको र उनीहरूलाई कारबाही प्रक्रिया अघि बढाइसकेको बताए ।


कस्तो लाग्यो ?

यो पनि