जेठ ०४, २०८१, शुक्रबार
               

लकडाउनको मोडालिटी परिवर्तन गर्न विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जारी लकडाउनको स्वरुप परिवर्तनका विषयमा आज विज्ञसँग छलफल गर्ने भएका छन् ।

गत चैत ११ गतेदेखि देशैभर जारी गरिएको लकडाउनका कारण जनजीवन अस्तव्यस्त बनेको छ । चौतर्फी दबाबपछि सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री ओलीले आज (बुधबार) दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न क्षेत्रका (झण्डै दुई दर्जन) विज्ञहरुसँग छलफल गर्ने प्रधानमन्त्रीको निजी सविचालयले जानकारी दिएको छ ।

अर्थविद्, जनस्वास्थ्य विज्ञ, सामाजिक क्षेत्रका अगुवालगायतका क्षेत्रका विज्ञसँग प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटीका विषयमा छलफल गर्ने छन् ।

पछिल्लो पटक जेठ ३२ गतेसम्मका लागि सरकारले लकडाउन थप गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि