जेठ ०४, २०८१, शुक्रबार
               

सप्तरीमा झडप, ८ राउण्ड हवाई फायर

नेपाल फ्ल्यास
जेठ २१, २०७७

फाइल फाेटाे
ADVERTISEMENT

सप्तरी । सप्तरीमा बुधबार बिहान दुई समूहबीच झडप हुँदा १५ जना घाइते भएका छन् ।

जिल्लाको छिन्नमस्ता गाउँपालिकामा जग्गा सम्बन्धी विवादमा दुई समूहबीच झडप भएको हो । 

दुवै पक्षले एकअर्कामाथि घरेलु हतियार प्रहार गरेका थिए । घाइतेहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

झडप बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर गरेको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

अहिले स्थिति सामान्य भइसकेको उजले बताए ।


कस्तो लाग्यो ?

यो पनि