जेठ ०४, २०८१, शुक्रबार
               

यसअघिको सातदिने पासले मान्यता पाउने

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक निर्माण कार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाले प्रयोग गर्दै आएको सवारी पास थपिएको बन्दाबन्दीको अवधिमा प्रयोग गर्न मिल्ने बताएको छ । 

काठमाडौं उपत्यकामा यसअघि लिइएको एक साता बढी अवधिका सवारी पासले थपिएको बन्दाबन्दीमा मान्यता पाउने बताइएको हो । 
तर, प्रशासन कार्यालयले निलो रङको पासले मात्रै मान्यता पाउने बताएको छ। 

थपिएको अवधिमा अन्योलता सिर्जना नहोस् भनेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले मान्यता पाउने र मान्यता नपाउने सवारी विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ । 

संघसंस्थाको हकमा नियामक निकायबाट पास लिनुपर्ने र अन्य व्यक्तिले जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने बताइएको छ । 
सवारी पासका लागि कार्यालयमा भीडभाड हुँदा संक्रमण फैलिन सक्ने भन्दै यसपालि भने पासको निवेदन र प्रमाण खुल्ने कागजात इमेलमार्फत लिइने बताइएको हो। 

एम्बुलेन्स, शववाहन, औषधि तथा स्वास्थ्य सामग्री औद्योगिक कच्चापदार्थ तथा तयारी कृषिका मालवस्तु पेट्रोलियम पदार्थ, ग्यास, खानेपानी ढुवानीका सवारीलाई भने पास नचाहिने बताइएको छ । 

यस्तै, सबै प्रकारका खाद्यवस्तु, पशुपक्षी आहार, खसीबोका, दूध तथा दुग्धजन्य एवं निर्माण सामग्री बोक्ने सवारीलाई समेत पास चाहिने छैन, तर ती सवारीले यात्रु बोकेमा भने कारबाही हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । 

उपत्यका भित्रिने नाकामा भने सवारी आवागमनमा पूर्ण कडाइ गरिएको बताउँदै उनले माथि उल्लेखितबाहेकका सवारी तथा पैदलयात्रुलाई भने उपत्यका प्रवेशमा रोक लगाइएको बताए । 

त्यस्तै, निर्माण सामग्री बोकेका गाडीलाई राति आठ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन गर्न पाउने यसअघिको व्यवस्थालाई कायम गरिएको बताइएको छ । 

साथै, गृहमन्त्रालयले लुकीछिपी यसअघि गृह मन्त्रालयले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि परिपत्र जारी गर्दै काठमाडौं उपत्यका प्रवेशका सबै नाका अत्यावश्यक प्रयोजनबाहेक पूर्णरुपमा सिल गर्न निर्देशन दिइसकेको छ । 

यो पनि