जेठ ०१, २०८१, मंगलबार
               

व्यवसाय गर्न पाउनुपर्ने माग राख्दै व्यापारी प्रदर्शनमा

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । पसल खोल्न पाउनुपर्ने माग राख्दै मंगलबार व्यवसायी प्रदर्शनमा उत्रिएका छन् । 

लकडाउनका कारण व्यापार चौपट भएको भन्दै जोरपाटीका व्यवसायीहरु प्रदर्शनमा उत्रेका हुन् । 

प्रदर्शनमा उत्रेका व्यवसायीलाई प्रहरीले तितरवितर पारे पनि केही व्यापारीले अटेर गरी पसल खोलेका थिए । उनीहरुलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिइ छोडेको थियाे । 

नगरका प्रशासकीय अधिकृत नरहरि घिमिरे भने यो विषयमा निर्णय गर्ने अधिकार नगरपालिकासँग नभएको बताउँदै केन्द्रको निर्णयको पर्खाइमा रहेको बताए । 


कस्तो लाग्यो ?

यो पनि