जेठ ०४, २०८१, शुक्रबार
               

४ वर्षीया बालिका बलात्कृत

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

नवलपरासी । सरावल गाउँपालिका-४ मंगलापुरमा ४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

मंगलापुरकी ४ वर्षीया बालिकालाई स्थानीय २६ वर्षीय राजकुमार सहानीले बलात्कार गरेको प्रहरीले जनाएकाे छ । 

घरमा एक्लै खेलिरहेकी बालिकालाई मिठाई दिएर बलात्कार गरेको पीडित बालिकाकी आमाले बताइन्।

बालिकाको अवस्था गम्भीर देखेपछि सरावल स्वास्थ्य चौकीबाट पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको थियो। बालिकाको अहिले अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि