बैशाख २३, २०८१, आइतबार
               

शुक्रबारको चन्द्रग्रहण किन छ खास ?

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

आउने शुक्रबार (जुन ५ मा) चन्द्रग्रहण लाग्ने भएको छ । यो सन् २०२० को दोस्रो चन्द्रग्रहण हो ।

शुक्रबार लाग्ने चन्द्रग्रहणलाई विशेष रुपमा हेरिएको छ । यस ग्रहणको अवधिमा सामान्य क्रियाकलाप या धार्मिक बन्देज नहुने बताइएको छ ।

अर्थात तपाईँ बिना रोक-टोक चन्द्रमालाई हेर्न सक्नुहुनेछ ।

जेठ महिनाको पूर्णिमा (जुन ५) मा 'उपछाया चन्द्रग्रहण' हुनेछ । उक्त चन्द्रग्रहण रातको करिब सवा ११ बजेदेखि साढे दुई बजेसम्म रहनेछ ।

उक्त ग्रहण नेपाल तथा भारतबाट समेत देख्न सकिन्छ । ग्रहण अवधिमा चन्द्रमा पूर्ण आकारमा देखिनेछ । ग्रहण अवधिमा चन्द्रमा वृश्चिक राशिमा रहनेछ ।

शुक्रबार राति लाग्ने ग्रहण 'उपछाया चन्द्रग्रहण' हो । 'उपछाया ग्रहण'लाई वास्तविक चन्द्रग्रहण भने मानिदैन । 

हरेक चन्द्रग्रहण सुरु हुनुअघि चन्द्रमा धरतीको उपछायामा प्रवेश गर्नेछ । जसलाई चन्द्र मालिन्य (अंग्रेजीमा Penumbra) भनिन्छ । त्यसपछि चन्द्रमा धरतीको वास्तविक छाया (Umbra) मा प्रवेश गर्छ अनि मात्र त्यसलाई चन्द्रग्रहण भनिन्छ ।

जब चन्द्रमा उपछायामा प्रवेश गरेर बाहिर निस्किएर आउँछ अनि पृथ्वीको वास्तविक छाया (Umbra) मा प्रवेश गर्दैन यस अवस्थालाई उपछाया चन्द्रग्रहण भनिन्छ । यस्तो अवस्थामा चन्द्रमा कालो देखिदैन, केही मधुरो देखिन्छ ।

उक्त चन्द्रमालाई नाङ्गो आँखाले समेत हेर्न सकिन्छ । उपछाया चन्द्रग्रहण अधिक प्रभावशाली हुँदैन । यस समयमा सूतक काल पनि मान्य हुँदैन ।

यस ग्रहण कालमा तपाईँ खाने कुराहरु खान (पिउन) सक्नुहुन्छ । 

धार्मिक जानकारहरुका अनुसार, सो समयमा बच्चा, बृद्धवृद्धा र बिरामी मानिसहरु भने घरबाहिर निस्कनु हुँदैन ।

ग्रहणसँग जोडिएको मान्यता अनुसार, ग्रहण लाग्नु अशुभ हो । उक्त समयमा कुनै पनि शुभ कार्य प्रारम्भ गर्नुहुँदैन । 

-एजेन्सी


कस्तो लाग्यो ?

यो पनि