जेठ ०४, २०८१, शुक्रबार
               

विदेशबाट आई क्वारेन्टाइनमा रहने व्यक्तिलाई सिमकार्ड निःशुल्क

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

विदेशबाट आएर क्वारेन्टाइनमा रहने व्यक्तिलाई नेपाल टेलिकम र एनसेलले निःशुल्क रूपमा मोबाइलको सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाइने छ । प्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिङ सेन्टर र क्वारेन्टाइनमा पुर्‍याउन यातायातका साधनको व्यवस्था सेना, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले गर्नेछ । 

होल्डिङ सेन्टरको व्यवस्थापन नेपाली सेनाले गर्नेछ भने क्वारेन्टिनको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापन नेपाली सेनासहितका सुरक्षा सङ्गठन र स्थानीय तहले गर्नेछन् ।

क्वारेन्टाइनमा लजिष्टिक सपोर्टको व्यवस्था स्थानीय तहले गर्नेछ भने त्यसमा सहरी विकास मन्त्रालय र प्रदेश सरकारले सहयोग पुर्‍याउनेछन् ।
 


कस्तो लाग्यो ?

यो पनि