जेठ ०४, २०८१, शुक्रबार
               

लकडाउन खुकुलो बनाउँदै सरकार

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

सरकारले लकडाउको मोडालिटीमा हेरफेर गर्ने तयारी गरेको छ । जेठ ३२ गतेसम्म लकडाउनको अवधि बढाइएको भए पनि तत्कालै लागु हुने गरेर मोडालिटी हेरफेर गर्न लागिएको हो । 

त्यसका लागि मङ्गलबार कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बोलाइएको छ । “आज हाम्रो अनौपचारिक छलफल छ । समितिका रहेका मन्त्रालयहरूको राय, सुझाव कस्तो आउँछ, त्यसैका आधारमा तय गर्ने हो । परिस्थितिको आकलन पनि गर्नुपर्छ,” समितिका संयोजक ईश्वर पोखरेलले भने ।

पोखरेलले पनि लकडाउन केही खुकुलो बनाइने सङ्केत गरे । स्वास्थ्य मन्त्रालयले पनि लकडाउन खुकुलो बनाउन विज्ञ, सरोकारवालासँग परामर्श गरिरहेको जानकारी दिएको छ । “यसअघि ग्रिन, रेड र एल्लो जोन छुट्याएर लकडाउनको मोडालिटी हेरफेर गर्नेगरी एकखालको योजना तर्जुमा भएको थियो । सङ्क्रमण गुणात्मक रूपमा बढेपछि त्यो विकल्प प्रयोगमा आएन । 

अहिले पनि सङ्क्रमणको मात्रा, भारत र तेस्रो मुलुकबाट आउनेहरूको अवस्थासमेतको आकलन गरेर मोडालिटी तय गर्नुपर्छ भन्ने नै मन्त्रालयको निचोड छ,” स्वास्थ्य मन्त्रालयल स्रोतले भन्यो । 

उच्चस्तरीय समन्वय समितिका रहेका एक मन्त्रीले लकडाउन खुकुलो पार्न दबाब बढेको बताउँछन् । एक जिल्लाबाट अर्को जिल्लामा जान नदिए पनि जिल्लाभित्र आवागमन गर्न दिइने, सामाजिक दूरी कायम गर्दै उद्योगधन्दा, कलकारखाना, कार्यालय, पसल–व्यवसाय आदि खोल्न दिने विकल्पमा छलफल भइरहेको उनले बताए । 

बर्खासँगै खेतीपातीको सिजन सुरु भएकाले पनि लकडाउनलाई यही अवस्थामा निरन्तरता दिँदा प्रत्युत्पादक हुने र थप आर्थिक क्षति बेहोर्नुपर्ने निष्कर्षमा सरकार पुगेको मन्त्रीको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि