जेठ ०४, २०८१, शुक्रबार
               

जुवाको खालबाट ९ व्यवसायी रंगेहात पक्राउ

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

काठमाडौं  । जुवाको खालबाट  ९ जुवाडे रंगेहात पक्राउ परेका छन् । राजधानीको कमलादीबाट प्रहरीले जुवा खेल्दै गरेका  ९ व्यवसायीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यावसायीहरुमा सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, रामचन्द्र संघाई, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, विमल आउजा, विमल खेतान, नन्दकिशोर शर्मा र भारतीय नागरिक मिक्की जोगाई (होटल संचालक) रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलमा जुवा खेलीरहेको बेला रंगेहात पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले २ लाख ७७ हजार ७७७ रूपैयाँ र केही क्वाइनसमेत बरामद गरेको छ ।  


कस्तो लाग्यो ?

यो पनि