जेठ ०४, २०८१, शुक्रबार
               

शिक्षा मन्त्रालयद्वारा वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गराउन निर्देशिका जारी

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । असार १ देखि पठनपाठन सुरु गराउने गरी शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ स्वीकृत गरेको छ । 

लकडाउनका कारण घरमै रहेका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरी पठनपाठनको वातावरण बनाउनका लागि सरकारले यस्तो निर्देशिका जारी गरेको हो । 

मन्त्रालयले विद्यालय खुलेर नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुन्जेल खुला तथा दूर शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न निर्देशिका ल्याइएको जनाएको छ ।

‘असार १ गतेबाट उक्त निर्देशिकाबमोजिम वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने, गराउने व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूलाई अनुरोध छ,’ मन्त्रालयले सूचना निकालेर भनेको छ ।

‘विद्यालय खुला गरी पठनपाठन सञ्चालन गर्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको व्यहोरा अनुरोध गर्दै कोरोना महामारीको अवस्था र परिस्थिति हेरी सरकार, मन्त्रिपरिषदबाट प्राप्त हुने निर्देशनअनुसार पछि जानकारी गराइन्छ,’ मन्त्रालयले भनेको छ।

निर्देशिकामा तीनै तहका सरकार, सञ्चार माध्यम, विद्यार्थी, शिक्षकलगायतको भूमिका समावेश गरिएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि