जेठ ०४, २०८१, शुक्रबार
               

रुकुम–जाजरकोट घटना अध्ययनका लागि सीआईबी खटिने

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

काठमाडाैं । सीआईबीको टोली रुकुम–जाजरकोट घटनाकाे छानबिनका लागि त्यसतर्फ जान लागेको छ । 

सोमबार गृहमन्त्री रामबहादुर थापाले रुकुम- जाजरकोट घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीलाई  स्थलगत छानबिनमा खटिन निर्देशन दिएसँगै सो टाोली त्यसतर्फ जान लागेको हो । 

रुकुम–जाजरकोट घटनाबारे अध्ययनका लागि मानवअधिकारको टोली त्यसतर्फ गइसकेको छ । 

जेठ १० गते प्रेमिकाले बोलाएपछि विवाहका लागि रुकुम पश्चिम गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका साथीहरु स्थानीयको आक्रमणमा परेका थिए । 

सो घटनामा संलग्न बेपत्तामध्ये पाँचजना मृत भेटिएका छन् भने एक बेपत्ता छन् । त्यसैगरी १२ जना घाइते छन् ।


कस्तो लाग्यो ?

यो पनि