बैशाख २०, २०८१, बिहीबार
               

२३५ यात्रु बोकेर उड्यो कोरियन एयर

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । बन्दाबन्दी (लकडाउन) का कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ ।
    
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अपराह्न कोरियन एयरको एयरबस ए ३२० चार्टर्ड जहाज यात्रु लिएर सिओल उडेको विमानस्थलले जनाएको छ । 

उक्त जहाजमा ६९ विदेशी तथा १६३ नेपाली र तीन बालबालिका छन् । 

गएराति कतार एयरवेजको एयरबस ए ३२० जहाजले नेपालमा रोकिएका ३०३ यात्रु तथा नौ बालबालिका लिएर कतारको दोहा हुँदै अमेरिका उडेको थियो । 

ती यात्रुमा पनि अधिकांश नेपाली र केही अमेरिककी नागरिक थिए ।
    
बन्दाबन्दीको अवस्थामा जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, अमेरिका, युरोपलगायत मुलुकले धमाधम जहाज चार्टर्ड गरी नेपालमा विभिन्न परिस्थितिले रोकिएका यात्रु लगिरहेको छ । 

विमानस्थलका अनुसार बन्दाबन्दीमा ९३ अन्तरराष्ट्रिय उडान भएका छन् । 

तीमध्ये सबैभन्दा बढी यात्रु चार्टर्ड उडानका हुन् । ती उडानबाट करिब आठ हजार यात्रु विभिन्न मुलुक फर्किएका छन् ।


कस्तो लाग्यो ?

यो पनि