बैशाख २१, २०८१, शुक्रबार
               

२०–२० दिनमा सीमा नाका खोल्न केन्द्र सरकारलाई अनुरोध

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

आइतबार बसेको सर्वपक्षीय बैठकले २० दिनको अन्तरालमा सीमा नाका खोल्ने व्यवस्था मिलाउन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । एक साताको अवधीमा मात्रै ६ हजार आठ सय ८२ जना जिल्ला भित्रिएकाले क्वारेन्टिन व्यवस्थापन गर्न समस्या भएको भन्दै उक्त निर्णय गरिएको हो ।

क्वारेन्टिन वनाउनका लागि भौतिक संरचनाको अभाव रहेको, जनशक्ति अभावका कारण क्वारेन्टिन व्यवस्थानमा समस्या भइरहेको, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको समेत अभाव रहेको अवस्थामा दिनहुँ सीमा नाका खोल्दा भारतबाट आउनेको संख्या बढ्ने र यसले क्वारेन्टिनमा बसेकाहरुमै कोरोना फैलिन सक्ने खतरा रहेको बैठकको निश्कर्ष छ ।

यदि २० दिनको अनतरालमा सीमा नाका खोल्ने व्यवस्था मिलाउने हो भने एक चरणमा आएकालाई १४ दिनपछि परीक्षण गरी सेल्फ क्वारेन्टाइनमा राख्ने र अर्को चरणमा आएकालाई व्यवस्थापन गर्न सजिलो हुने बैठकले निर्णय गरेको छ ।

यस्तै सम्वन्धित व्यक्ति र परिवारलाई प्रतिवद्धता गराई स्थानीय स्वास्थ्यकर्मी र स्वयंसेवकको निगरानीमा रहने गरी होम क्वारेन्टिनमा राख्न सकिने व्यवस्था गर्नसमेत केन्द्र सरकारलाई आग्रह गरिएको छ ।

यस्तै क्वारेन्टिन व्यवस्थापनका लागि स्थानीय तहहरुले स्वयंसेवक समूह गठन गर्ने, क्वारेन्टिन बनाउन संरचना अभाव देखिएकाले सरकारी तथा गैरसरकारी संस्थाका भवनहरु र निजी विद्यालयका भवनहरु समेत प्रयोग गर्ने निर्णय भएको छ ।

क्वारेन्टिन अभावको कारण मुलुकभित्रका अति सम्वेदनशील स्थानहरु बाहेकका जिल्लाहरुबाट आएका व्यक्तिहरुलाई होम क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने समेत बैटकको निर्णय छ ।


कस्तो लाग्यो ?

यो पनि