जेठ ०४, २०८१, शुक्रबार
               

हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । विभिन्न राजनीतिक दलका नेता र अधिकारकर्मीहरूले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्नुपर्ने माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य छविलाल विश्वकर्मा, पूर्वमन्त्री दलजीत श्रीपाइली र नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभाका सभासद् जीवन परियारलगायत नेता तथा अधिकारकर्मीले आज गृहमन्त्री थापासँग भेट गरी रुकुम घटनामा मृत्युवरण गरेका युवकलाई सांस्कृतिक रुपान्तरण अभियानका शहीद घोषणा गर्नुपर्ने माग गरेका हुन् ।

यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य पाँचजनाको शव पनि भेरी नदीमा भेटिएको छ । 

निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग दलित समुदायले देशैभरि प्रदर्शन गर्दै आएका छन् । सोही अवसरमा गृहमन्त्री थापाले दुःखद एवम् निन्दनीय रुकुम घटनाको सत्यतथ्य छानबिन गरी दोषी अपराधीलाई कडा दण्ड र सजाय गर्ने प्रतिबद्ध रहने विश्वास व्यक्त गरे । 

यो पनि