जेठ ०४, २०८१, शुक्रबार
               

राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट–रुकुम प्रस्थान

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट– रुकुम तर्फ प्रस्थान गरेको छ । 

अन्तर्जातीय विवाहको विषयलाई लिएर भएको घटनाको छानबिनका लागि आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईंको नेतृत्वमा सो टोली त्यसतर्फ लागेको हो । 

जाजरकोट–रुकुममा गत जेठ १० गते अन्तरजातीय विवाहको निहुँमा पाँच जनाको मृत्यु र एकजना वेपत्ता भएका छन् । 

आयोगको टोलीले सो घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको तत्कालीन कारण, घटनापश्चात् शान्ति सुरक्षा र सामाजिक सद्भावको अवस्था तथा स्थानीय प्रशासन र प्रहरीबाट भइरहेको निष्पक्ष अनुसन्धान एवं शान्ति सुरक्षाको कार्यसम्बन्धमा अनुगमन तथा अनुसन्धान गर्ने जनाइएको छ । 

आयोग, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ नेपालको सहकार्यमा गठित जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले यसअघि उक्त घटनाको सम्बन्धमा प्रारम्भिक अनुगमन गरेको छ । 

जातीय विभेदसँग सम्बन्धित उक्त अमानवीय तथा आपराधिक घटनालाई कुनै पनि पक्षले तरङ्गित र अतिरन्जित बनाउने कार्य नगर्न तथा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्ने प्रक्रियामा आवश्यक सबै प्रकारको सहयोग पु¥याउन आयोग जनप्रतिनिधिहरु, राजनीतिक दल, मानव अधिकारकर्मी, नागरिक समाज र स्थानीय बासिन्दासमेतलाई आयोगले आग्रह गरेको छ । 

यो पनि