जेठ ०४, २०८१, शुक्रबार
               

सहरमा हरियाली पार्क

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

‘विश्वले अब नेपाललाई प्रकृति र मान्छेले बनाएको सुन्दर देश भनेर चिन्नेछन्,’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणमा पटक–पटक भन्दै आएका भनाइ हुन् यी । सहरको शोभा र सभ्यतालाई विस्तार गर्न ठूला पार्क र सहर हरियाली बनाउने प्रसङ्ग जोडेर उनले यसो भनेका थिए ।

तर उनको भाषण, योजना र सपना अनुसार ठूला गुरुयोजनासहित विशाल पार्क बनाउने ठाउँ काठमाडौंमा छैन । तर पनि केही ठाउँमा मिचिएको सार्वजनिक जग्गा फिर्ता ल्याई पार्कको रूपमा सदुपयोग गर्न थालिएको छ । जे होस् प्रधानमन्त्रीको भनाइको पहिलो परीक्षण काठमाडौंमै हुने भएको छ, त्यो पनि धोबीखोला कोरिडोरको करिब ४ रोपनी जग्गामा । 

काठमाडौं महानगरपालिका वडा नम्बर ४ धुम्बाराहीमा २ वटा पार्कको आइतबार एकसाथ शिलान्यास भएको छ । नेकपा केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य नारायण सिलवाल र अर्का प्रदेश सांसद सीता अधिकारी दाहालले शिलान्यास गरेका हुन् । स्थानीयले अतिक्रमण गरेको सार्वजनिक जग्गा फिर्ता गरी पार्क निर्माण गर्न लागिएको हो ।

काठमाडौं क्षेत्र नं ५, बाग्मती प्रदेश सङ्घ, वडा स्थानीय पूर्वाधार  विकास साझेदार कार्यक्रम २०७६ कार्यक्रम अन्तर्गत एउटा पार्क बन्ने छ । यस्तै बाग्मती प्रदेशसभा सदस्य नारायण सिलवालको पहलमा प्रदेश सरकारबाटै अर्का पार्क बन्न लागेको हो । पार्क संसारभर सहरका अभिन्न अङ्ग बन्न थालेका कारण आफ्नो क्षेत्रमा थप हरियाली विस्तार गर्न यस योजना ल्याइएको सांसद सिलवालले बताए ।

उनले नेपाल फ्ल्याससंग भने ‘पार्क भनेको मुलुक धनी भएपछि विलासिताको लागि बनाउनुपर्ने होइन, सहरको न्यूनतम आवश्यकता हो । मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य, सहरको शोभा र सभ्यतासँग पार्क जोडिन थालेको छ, बहुआयामिक कामका लागी पार्क चाहिने भएकाले हामीले निर्माण थालेका हौँ ।’


कस्तो लाग्यो ?

यो पनि