जेठ ०४, २०८१, शुक्रबार
               

नेपाल-भारत सीमा नाकामा हवाई फायर

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

सर्लाही । सर्लाहीस्थित नेपाल भारत सीमा नाकामा हवाई फायर भएको छ ।

भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको हो ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो । 

सो समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीका अनुसार भारतीय तस्कहरुले नेपालतर्फ सामान लिएर आउन लागेका थिए । उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले रोक्यो ।

त्यसपछि उनीहरु फर्किए र ठूलो समूहमा भारतीय नागरिकहरुलाई लिएर आए । ‘आज विहान करिब ६ बजेतिर त्यो समूहले हाम्रा सुरक्षाकर्मीहरुलाई घेरा हाल्न खोजेपछि हवाई फायर गरेर भगाइयो,’ प्रमुख जिल्ला अधिकारी जीसीले भने ।

हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको र स्थिति सामान्य बनेको उनले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि