जेठ ०४, २०८१, शुक्रबार
               

परीक्षणबिनै झुलाघाट नाकाबाट हजारौँ भित्रिए

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

नेपाल–भारत सीमानाका  झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् । लगातार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो ।

बिहीबारदेखि सुरु गरिएको उद्धारमा शनिबार १ सय ८९ नेपाली स्वदेश भित्रिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । यस्तै तीन भारतीय पनि फर्किएका उनले बताए।

यसअघि शुक्रबार २ सय ८३ मजदुरलाई स्वदेश भित्र्याइएको थियो भने बिहीबार पनि उक्त नाकाबाट ५ सय ७६ मजदुरलाई स्वदेश भित्र्याइएको थियो ।

स्वदेश भित्र्याइएका नागरिकहरू सुदूरपश्चिम र कर्णाली प्रदेशका छन् । स्वदेश फर्केका नागरिकलाई सम्बन्धित जिल्लामा पठाइएको र बैतडीको हकमा सम्बन्धित स्थानीय तहमा पठाइएको छ । 

उनीहरूलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राखिने र त्यसपछि मात्रै कोरोना परीक्षण गरिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

झुलाघाट नाकाबाट स्वदेश भित्र्याउँदा सामान्य ज्वरो जाँच मात्रै गरी भित्र्याइएको छ । भारतका विभिन्न शहरबाट नेपाल प्रवेश गरेका उनीहरुलाई परीक्षणबिनै भित्र्याउँदा सङ्क्रमणको जोखिम बढेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि