जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना संक्रमितलाई भर्ना नलिँदा मन्त्री नै अस्पताल पुग्नुपर्‍यो

नेपाल फ्ल्यास
जेठ १७, २०७७

ADVERTISEMENT

झापाको कचनकवलका २७ जनालाई वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गराउन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे धरान पुगेका छन् । प्रक्रिया पुग्न ढिलो भएको भन्दै झापाबाट गएराति ११ बजे पुगेका संक्रमितलाई प्रतिष्ठानले रातभर भर्ना लिएको थिएन । 

शनिबार प्रतिष्ठान पुगेर सामाजिक विकास मन्त्री घिमिरेले सबै संक्रमितलाई भर्ना गराएका हुन् । संक्रमित भोकै रातभर प्रतिष्ठानको आइसोलसन वार्डबाहिरै रहेका थिए । 

मन्त्री घिमिरे प्रतिष्ठान पुगेपछि मात्र संक्रमितहरुलाई आइसोलेसन वार्डमा भर्ना गराइएको छ । भने, “रातभर बाहिरै राखेर प्रतिष्ठानबाट गम्भीर लापरवाही भएको छ । यस्तो गर्न पाइँदैन ।” फेरि यस्ता घटना नदोहोर्याउन प्रतिष्ठान पदाधिकारीहरुलाई मन्त्री घिमिरेले निर्देशन दिएका थिए । यस विषयमा  स्पष्टीकरण लिइने मन्त्री घिमिरेले बताए । 

प्रतिष्ठान पदाधिकारीले दुई सय बेड तयार भएको प्रदेश सरकारलाई जानकारी गराएका थिए । प्रतिष्ठानका प्रवक्ता डा। दिनेश सापकोटाले समन्वय अभाव समस्या भएको दाबी गरे । 

कचनकवलमा हालसम्म एकसय संक्रमित फेला परिसकेका छन् । यसैबीच मन्त्री घिमिरेले शनिबार नै चतरामा अवस्थित सिद्धबाबाको आश्रम पुगेर त्यहाँ बनाइएको आसोलेसन वार्डको निरीक्षण गरेका छन् । संक्रमित थपिएसँंगै सरकारले आइसोसलेसन कक्ष निर्माणलाई गति दिएको मन्त्री घिमिरेले बताए । 


कस्तो लाग्यो ?

यो पनि