बैशाख ३०, २०८१, आइतबार
               

पानीमा डुबेर नभई कुटपिटबाट मृत्यु भएको खुलासा

नेपाल फ्ल्यास
जेठ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । रुकुम घटनामा संलग्न मृतकको मृत्युको कारण पानीमा डुबेर नभई कुटपिटबाट भएको खुलेको छ । 

मृतकको पोस्टमार्टममा संलग्न चिकित्सकले मृतक पाँचैजनाको टाउको, अनुहारलगायत अन्य अंगमा चोट देखिएको र पेटमा पानी नभएको बताएसँगै यस्तो खुलासा भएको हो । 

‘मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ,’ पोस्टमार्टममा संलग्न एक चिकित्सकले भने, ‘नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन ।’

नदीमा डुबेर मृत्यु भएका मानिसले पानी खाएर पेट फुल्नुपर्ने बताउँदै मृतकको त्यो अवस्था नरहेको उनले बताए । 

अस्पतालले मृतकका शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको बताएको छ ।

सोतीका १७ वर्षीया मल्ल थरकी किशोरीसित प्रेम सम्बन्ध रहेकाले विवाहका लागि नवराज विकसहितको टोली युवतीको घर जाँदा सो घटना भएको बताइएको छ । 

यो पनि