मोरङ । बेलबारी नगरपालिकामा एक छोराले आमाको हत्या गरी आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी–४ काकुम बुधबारे बस्ने ५५ वर्षीया देवकुमारी लिम्बूलाई ३० वर्षीय छोरा जीवनबहादुरले बिहीबार छुरा प्रहार गरेर हत्या गरी आत्महत्या गरेका हुन् ।
निजको छुरा प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको थियो ।
पछि उनी आफैंले घाँटी रेटेर र पेटमा छुरा प्रहार गरी घाइते भएका थिए ।
गम्भीर घाइते भएका उनको नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।