काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ, नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको र स्थानीय वायुको पनि प्रभाव रहेको जनाएको छ ।
यसैगरी, महाशाखाले हाल देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पुर्वी पहाडी भू–भागमा सामान्य बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
यस्तै, शुक्रबार दिउँसो देशभर सामान्य बदली रहनुका साथै देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार राति देशको पूर्वी ,मध्य र पश्चिमी पहाडी भूभागहरुमा सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
साथै, पुर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।