असोज ०६, २०८१, आइतबार
               

चाणक्य नीतिः पति-पत्नीका यी ६ बानीले हुन्छ जीवन बर्बाद

एजेन्सी
जेठ १५, २०७७

ADVERTISEMENT

चाणक्य नीतिः खुशी दाम्पत्य जीवनको लागि पति–पत्नी दुबै जना समझदार हुन निकै जरुरी हुन्छ । 

उनीहरुलाई घर परिवार, समाज तथा संसारसँग सम्बन्धित कुराहरुबारे थाहा हुन आवश्यक छ । 

चाणक्यले पनि आफ्नो नीति शास्त्रमा पति पत्नीबीच ६ प्रकारको गुण अति आवश्यक हुने बताएका छन् ।

चाणक्यका अनुसार वैवाहकि जीवनमा खुशी प्राप्त गर्न मुख्यतया ६ बानीमाथि नियन्त्राण गर्न जरुरी छ । यदि यी कुरामा ध्यान दिइएन भने सम्बन्ध बिग्रेर जान्छ । 

रिस 

पति–पत्नीमध्ये कुनै एक जना रिसाहा स्वभावको छ भने, परिवारमा कहिले पनि शान्ति हुँदैन । सधैं झगडा हुन्छ । साथै मानसिक रुपमा समेत तनाव थपिदै जान्छ । यस्तो अवस्थामा राम्रो काम पनि खराब हुने गर्छ ।

गोपनीयता

वैवाहिक जीवनमा थप खुशी ल्याउनको लागि यो जरुरी छ कि, पति–पत्नीबीचको कुरा कोही तेस्रो व्यक्तिसम्म नपुगोस् । पति–पत्नीबीको कुरा जति गोप्य राख्न सक्यो सम्बन्ध उति नै सुमधुर बन्दै जान्छ । आफ्ना कुराहरु आफैमा सीमित राखेर राम्रो कुरामा चर्चा गर्ने पति-पत्नी सधैं खुशी रहन्छन् ।

खर्च

पति-पत्नी दुबै जनाले पैसाको सदुपयोगबारे सही जानकारी गराउनुपर्दछ । दुबैको आम्दानी तथा खर्चको सन्तुलनबारे थाहा हुँदा कुनै समस्या आउँदैन । यसले जीवनलाई आनन्दित तुल्याउँछ । आम्दानीभन्दा बढी पैसा खर्च गर्ने मानिस बर्बाद हुँदै जान्छ ।

मर्यादा

आफ्नो मर्यादामा रहने मानिस सधैं सुखी हुन्छ भने मर्यादा उल्लंघन गर्ने मानिस जीवनभर अवश्य पछुताउनुपर्छ । व्यक्तिले आफ्नो संस्कार तथा मर्यादा कहिले पनि बिर्सनु हुँदैन । मर्यादा उल्लंघन भयो भने पति-पत्नीबीच कलह उत्पन्न हुन्छ ।

धैर्य

मनुष्य जीवनका अभिन्न गुणमध्ये धैर्य एक हो । संकटको समयमा जो पति–पत्नी धैर्यको परिचय दिए अघि बढ्छन् उनीहरुलाई धेरै समस्याको सामना गर्नु पर्दैन । धैर्य गुमाउने मानिसको जीवनमा धेरै समस्या निम्तिने गर्छ ।

झुट 

पति–पत्नीबीचको सम्बन्ध झुटमा टिकेको हुनु हुँदैन । यदि कसैले झुटको सहारा लिन्छ भने कुनै समयमा सत्य कुरा बाहिर आउँछ र सम्बन्धमा दरार आउँछ । झुटले सम्बन्धलाई बर्बाद बनाइदिन्छ ।


कस्तो लाग्यो ?

यो पनि