मंसिर ०७, २०८१, शुक्रबार
               

नवराज विकलाई सामाजिक रुपान्तरण सहिद घोषणा गर्न माग

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । अन्तरजातीय विवाहका कारण ज्यान गुमाउन बाध्य दलित युवक नवराज विकलाई सामाजिक रुपान्तरण सहिद घोषणको माग भएको छ । 

बुधाबार बसेको संघीय संसदमा सांसद विमला नेपालीले गत जेठ १०मा ज्यान गुमाएका युवकलाई सामाजिक रुपान्तरण सहिद घोषणा गर्न माग गरेकी हुन् । 

नेपालीले बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै यस्तो माग गरेकी हुन् । 

आफूले चाहेको व्यक्तिसँग बिहे गर्न पाउनु नैसर्गिक अधिकार रहेको बताइन् । 

बिहेका लागि कानुनले कुनै जात नचिन्ने र मात्र २० वर्ष उमेर भएको चिन्ने बताउँदै उनले घटनामा मारिएका सबैलाई सहिद घोषणा गर्न माग गरेकी हुन् । 

‘कथित माथिल्लो जातको युवतीको प्रेम सम्बन्धका कारण रुकुम पश्चिम चौरजहारी ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले मृत्युको खबरले स्तब्ध बनाएको छ,’ उनले भनिन्, यो घटनामा ज्यान गुमाउने सबैलाई सामाजिक रुपान्तरण सहिद घोषणा गरियोस् ।’

साथै, उनले संसदीय छानबिन समिति बनाई दोषीलाई हदैसम्मको कारबाहीका लागि माग गरेकी छिन् । 


कस्तो लाग्यो ?

यो पनि