असोज ०५, २०८१, शनिबार
               

छोरीमाथि जबरजस्ती करणीकाे आरोपमा बाबु पक्राउ

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । अफ्नै छोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय पुरुषलाई आफ्नै छोरीमाथि जबरजस्तीकरण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

छोरीमाथि बाबुले पटकपटक बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनले आफ्नै १८ वर्षीय छोरीविरुद्ध पटक पटक जबरजस्ती करणी गर्दै आएको उजुरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए । 

उजुरीका आधारमा थप अनुसन्धान भइरहेको निरीक्षक तामाङले बताए । 

यो पनि