असोज ०५, २०८१, शनिबार
               

मृतक महिलाको पीसीआर रिपोर्ट नेगेटिभ

नेपाल फ्ल्यास
जेठ १४, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौं । सोमबार मृत्यु भएकी चितवन खैरहनी नगरपालिका–१ की २० वर्षीया महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।   

गत वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी ती महिलालाई शङ्खरापुर नगरपालिका इन्द्रेणीको क्वारेन्टिनमा केही दिन राखिएको थियो । 

क्वारेन्टिनबाट निक्लिएपछि उनको सोमबार मृत्यु भएको थियो ।

मृतक महिलाको स्वाब परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईंले बताए । 

उनका अनुसार ती महिलाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 

शव परीक्षणपछि उनका श्रीमानलाई जिम्मा लगाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि