असोज ०५, २०८१, शनिबार
               

भारतमा अलपत्र परेका नागरिकलाई नेपाल भित्र्याइयो

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

वीरगञ्ज । भारतको रक्सौलमा अलपत्र परेका नेपालीलाई नेपाल भित्र्याउन सुरु गरिएको छ । 

बुधबार बिहान ८ बजेदेखि  वीरगञ्ज रक्सौल नाकाबाट नेपाल भित्र्याउन सुरु गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

पर्साका नागरिकलाई जिल्लाकै क्वारेन्टाईनमा राखिने छ भने अन्य जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लाले लैजाने व्यवस्था गरिएको पनि उनले बताए ।

२५ जिल्लाका ३५० बढी नागरिकहरू वीरगन्ज रक्सौल नाका भएर नेपाल भित्रिदै छन् । 

दाङ, रुकुम लगायत जिल्लाबाट गाडी नै बीरगञ्ज पुगिसकेको बस्नेतले बताए । 

केही दिन अघि सोही नाकाबाट भारतीय नागरिकहरुलाई पठाइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि