असोज ०५, २०८१, शनिबार
               

रुकुम घटनाबारे कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

सुर्खेत । भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ रुकुमपश्चिमका सुस्मा मल्लबीचको प्रेम विवाहलाई लिएर भएको घटनाका विषयमा यहाँका प्रदेशसभा सदस्यहरुले सभाको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभाको छैटौँ अधिवेशनको तेस्रो बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य सीताकुमारी नेपालीलगायत सभाका सबै सदस्यहरूले रुकुममा भएको जातीय विभेदको घटना छानबिन गर्न सोमबार नै प्रदेशसभामा उच्चस्तरीय समिति गठनको माग राख्दा पनि त्यस विषयमा सरकारले चासो नदेखाएको भन्दै उच्चस्तरीय समिति गठन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गरेका छन् ।

“२४ प्रतिशत दलित प्रतिनिधित्व रहेको कर्णाली प्रदेशमा बेलाबेलामा जातीय विभेदका अमानवीय घटिरहेका छन्”, सदस्य नेपालीले भनिन्, “यो घटना निकै निन्दनीय छ । जति भत्र्सना गरे पनि कमी हुँदैन । यसअघिका घटनामा घटनास्थलमै पुग्ने प्रदेश सरकार यति नृशंस घटनामा पनि किन सरकारको उपस्थिति रुकुम घटनास्थलमा भएन ? जवाफ चाहन्छौँ हामी ।”

यो अमानवीय घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न प्रदेशसभामार्फत सरकारको ध्यानाकर्षण गराउँदै उनले यो गम्भीर घटनाको विषयलाई अन्ततिर मोड्न थालिए पनि सामाजिक सञ्जालमार्फत पत्रकार, नागरिक समाज, अधिकारवादी, राजनीतिक दल, स्थानीय सबैले नजिकबाट उक्त घटनालाई नियाँलिरहेको बताइन् ।


कस्तो लाग्यो ?

यो पनि