असोज ०५, २०८१, शनिबार
               

अनधिकृतरूपमा नेपालको पूर्ण नक्शा छाप्नेलाई २० हजारसम्म जरिवाना

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नापी विभागकाे स्वीकृतिबिना व्यावसायिकरूपमा नेपालकाे नक्सा मुद्रण गरी बिक्री वितरण गरेको खण्डमा कारबाही गर्ने विभागले चेतावनी दिएको छ।

विभागले आज दोस्रोपटक सूचना जारी गर्दै विभागको स्वीकृतिबिना व्यावसायिकरूपमा नक्शा छापेर बिक्री वितरण गरेको खण्डमा कारबाही गर्ने चेतावनी दिएको हो।

सूचनामा कानूनविपरीत कसैले नक्शा छापे वा बिक्री वितरण गरे जग्गा (नाप जाँच) ऐन २०१९ अनुसार कारबाही गर्ने चेतावनी दिएका हो। ऐनका दफा १२ को उपदफा (५) मा स्वीकृति नलिई कुनै काम कारबाही गरेको खण्डमा २० हजारसम्म जरिवाना गर्न सक्ने  व्यवस्था छ।

नक्शा आवश्यक भएको खण्डमा विभागबाट नियमानुसार राजश्व बुझाएर लिन सकिने विज्ञप्तिमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि