जेठ ०५, २०८१, शनिबार
               

कपिलवस्तु आगलागी हुँदा ९ घर जले

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका – ७ मानपुरमा आगलागी हुँदा नौ घर र दुई गोठ जलेर नष्ट भएका छन् ।  स्थानीयवासी रमेश यादवको फुसले छाएको गोठबाट शुरु भएको आगोबाट घरमा रहेका अन्नपात, लत्ताकपडा तथा अन्य सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताए । 

आगलागीबाट २० लाख बराबरको क्षति भएको छ । घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । आगोबाट मानवीय तथा चौपायाको क्षति भएको छैन । कृष्णनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको हो ।

गर्मीयाम सुरु भएसँगै यहाँ आगलागीका घटना बढेका छन् । गत चैतमा पनि विजयनगरको  गुगौलीमा आगलागी हुँदा ४९ घरगोठ जलेर नष्ट भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि