असोज ०५, २०८१, शनिबार
               

गड्डाचौकी नाकाबाट ७ सय भित्रिए , झन् बढ्याे खतरा

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट मंगलबार करिब ७ सय नेपालीहरु भित्रिएका छन् । भारतका विभिन्‍न क्षेत्रबाट आएका उनीहरुको नाकामै सबै विवरण संकलन गर्नुका साथै स्वास्थ्य परीक्षण गरेर भित्र्याइएको हो ।

गड्डाचौकी नाकाबाट सोमबारदेखि नेपालीहरुलाई भित्र्याउन सुरु गरिएको हो । दोस्रो दिन बिहानैदेखि विभिन्‍न क्षेत्रबाट पैदल र सवारी साधनमा आएका यात्रुहरु दशगजामा पग्न थालेका थिए । उनीहरुलाई पालैपालो भित्र्याएर सम्बन्धित जिल्लातर्फ पठाइएको छ ।

सशस्त्र प्रहरीको झलारी स्थित ३५ नम्बर गणका एसपी वीर सिंह साहुका अनुसार मंगलबार गड्डाचौकी नाकाबाट ६ सय ९५ जना भित्रिएका छन् । उनीहरुलाई दशगजाबाटै सवारी साधनमा हालेर सम्बन्धित स्थानीय तहतर्फ पठाइन लागेको उनले जानकारी दिए । ‘सबैलाई आफ्नै स्थानीय तहमा पठाउन लागिएको छ, साँझ सम्म यो काम सकिनेछ’ उनले भने सोमबार को तुलनामा आज भिडभाड कम भयो ।’

जिल्लाका विभिन्न अवैध नाकाबाट लुकिछिपि भित्रिनेहरुका कारण संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबारदेखि गड्डाचौकी नाकाबाट भित्र्याउन सुरु गरेको हो । पहिलो दिन २७ सय बढी नेपालीहरु भित्रिएको सशस्त्र प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि