असोज ०६, २०८१, आइतबार
               

दलित युवकको हत्या प्रकरणः छानबिन गर्न समिति गठन

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।

गृमहन्त्रीका अनुसार उक्त घटनामा तीन जनाको ज्यान गएको छ र अन्य तीन जना बेपत्ता छन् ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जारजरकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो ।

भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको छ । उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको शव फेला परेको छ ।

फेला परेका शवहरु पोष्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको गृहमन्त्री थापाले जानकारी दिए । हालसम्म फेला नपरेका नपरेकाहरुको खोजी कार्य जारी रहेको गृहमन्त्री थापाले बताए ।

जजरकोटका वर्ष १८ का लोकेन्द्र सुनार, वर्ष १७ का गोविन्द शाही, वर्ष १७ का सञ्जु विक वेपत्ता रहेको र उनीहरुको खोजीका लागि गोताखोर परिचालन गरिने मन्त्री थापाले जानकारी दिए ।

यो पनि