जेठ ०७, २०८१, सोमबार
               

कपिलवस्तुमा क्वारेन्टाइनमा बसेका ३५ जना भागे

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

कपिलवस्तुमा क्वारेन्टाइमा रहेका ३५ जना भागेका छन् । कपिलवस्तु नगरपालिका–४ मलपरवामा रहेको सुन्दर प्राथमिक विद्यालयमा बसेका ४३ जनामध्ये ३५ जना भागेका हुन् ।

नगर प्रमुख किरण सिंहले क्वारेन्टाइमा रहेका व्यक्तिहरु भागेको बताएका हुन् । ‘क्वारेन्टाइमा रहनुभएकाहरु भागेको कुरा सत्य हो,’ नगर प्रमुख सिंहले भने, ‘एउट नगर प्रमुखले मात्र के गर्न सक्छ, न प्रशासनको सहयोग छ, न प्रदेश, केन्द्र सरकारको सहयोग छ । क्वारेन्टाइन बसाइ सकिन लाग्दा पनि कोरोना परीक्षण गर्न पाउँदैनन् अनि मान्छे नभागेर के गर्छन् त ।’

उनले आफुहरुको गाउँपालिकामा क्वारेन्टाइमा रहेकाहरुको कोरोना परीक्षण गर्न प्रदेश र केन्द्र सरकारमा भनेपनि कोरोना परीक्षणका लागि किट न नआएको बताए ।

‘मैले आफैले बल्लबल्ल केही किट ल्याए, हामीसँग स्वास्थ्यकर्मी छैनन्,’ नगर प्रमुख सिंहले भने, ‘प्रदेश र केन्द्र सरकारलाई स्वास्थ्यकर्मी पठाइदिनु भने तर सरकारले सुनेन । समयमा कोरोना चेकजाँच हुँदैन, मानिसहरु आत्तिन्छन् अनि भाग्छन् ।’

उनले कोरोना क्वारेन्टाइमा रहेकाहरुको अतिपयको रिपोर्ट नै समयमा नआएको र कतिपयको कोरोना परीक्षण नै हुन नसकेको गुनासो गरे ।

कपिलवस्तु नगरपालिकामा रहेको आधारभूत स्वास्थ्य केन्द्रका एक अहेवका अनुसार गाउँपालिकामा भित्र क्वारेन्टाइनहरु स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड अनुसारका छैनन् ।

क्वारेन्टाइमा रहेकाहरुलाई अव्यवस्थित रुपमा राखिएको र समयमा कोरोना परीक्षण समेत नभएपछि उनीहरु भागेको ती अहेवले बताए ।उनले भने, ‘उनीहरुलाई स्कुलमा राख्ने काम मात्र भयो । सेवा सुविधा केही छैन । एकदिन म गएको थिएँ । नियमित स्वास्थ्यकर्मी पनि त्यहा हुँदैनन् । क्वारेन्टाइमा समस्या नै समस्या छ ।’

क्वारेन्टाइमा रहेकाहरुलाई अव्यवस्थित रुपमा राखिएको र समयमा कोरोना परीक्षण समेत नभएपछि उनीहरु भागेको ती अहेवले बताए ।
 


कस्तो लाग्यो ?

यो पनि