असोज ०६, २०८१, आइतबार
               

तीन युवाको शव भेटियो, तीनजना अझै बेपत्ता

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

काठमाडाैं ।  सोमबार बेलुका जाजरकोटको भेरी नगरपालिकाका गणेश बुढा मगरको शव फेला परेको छ ।

यसअघि केटी लिन भनी १८ जना युवाका साथ रुकुम पश्चिमको चौरजाहारी नगरपालिका वडा नं. ८ पुगेका नवराज विकको शनिबार राति र टीकाराम सुनारको शव आइतबार बिहान सानी भेरी नदी किनारमा फेला परेको थियो ।

तीनैजनाको शव भेरी नदी किनारको धल्ला भन्ने स्थानमा भेटिएको रुकुम पश्चिमका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए । 

ज्यान जोगाउन भेरी नदीमा हाम फालेकामध्ये जाजरकोटको भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विक बेपत्ता छन् ।  

उनीहरुको खाजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयले  रुकुम पश्चिमले प्रहरी निरीक्षक कविराज रोकायाको नेतृत्वमा घटना अनुसन्धान गर्न समिति निर्माण गरेको छ ।

घटनामा परेर भेरी नगरपालिकाका सुदीप खड्का, मदन शाही, सरोज भडेल, आशिष विकलगायत जाजरकोटका १२ जना घाइते भएका छन् । 

डिएसपी केसीले सोमबार उपचारपछि सबै डिस्चार्ज भइरहेको जानकारी दिएका छन् ।

जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २१ वर्षीय नवराज विक शनिबार  आफ्ना थप १८ जना साथीहरु सहित पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी एक युवतीलाई भगाउन भनी केटीको गाउँ सोती पुगेका थिए ।

त्यही क्रममा सोती गाउँका स्थानीयले उनीहरुलाई लखेट्दै कुटपिटमा उत्रिएपछि उनीहरु ज्यान जोगाउन भाग्दै सानी भेरी नदीमा हाम फालेका थिए । त्यसरी हाम फालेकामध्ये तीन जना मृत फेला परेका छन् भने थप तीन जना अझैं बेपत्ता छन् ।

यो पनि